२०८३ आश्विन १८ गते , आईतबार

आज इस्लाम धर्मावलम्बीले बकर ईद मनाउँदै

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २४ गते , शनिबार
आज इस्लाम धर्मावलम्बीले बकर ईद मनाउँदै

बिर्तामोड । इस्लाम धर्मावलम्बीले बकर ईद (ईद–उल–अज्हा) आज मनाउँदै छन् । बकर ईद पर्व रमजान अर्थात् इदुलफित्रपछिको दोस्रो ठूलो चाड हो ।

रमजान पर्वको ७०औं दिनमा मनाउने यो पर्वमा कतिपय हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । इस्लाम धर्म अनुसार हरेक वर्ष अर्बी क्यालेन्डर अनुसार १०–१० दिनपछि सर्दै जान्छ । त्यसले गर्दा ३६ वर्षको अवधिमा सबै चाडपर्व एक फन्को लगाइसक्छ ।

यसैबीच गएको फागुन १५ गते राजपत्रमा प्रकाशित सूचना अनुसार बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेकोमा मुस्लिम आयोगको पत्र अनुसार आज शनिबार अर्थात् सार्वजनिक बिदाका दिन नै बकर ईद परेको गृह मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार