२०८३ आश्विन १८ गते , आईतबार

चट्याङ लागेर झापामा दुई जना घाइते, एउटा गाई मर्यो

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २९ गते , विहीबार
चट्याङ लागेर झापामा दुई जना घाइते, एउटा गाई मर्यो

बिर्तामोड । बुधबार साँझ परेको चट्याङ लागेर झापामा दुई जना घाइते भएका छन् भने एउटा गाइ मरेको छ ।

बुधबार साँझ अन्दाजी ६ः१० बजे परेको चट्याङ लागेर बुद्धशान्ति २ का ६० बर्षीय पुण्य पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार गाइगोठमा काम गरिरहेका पौडेललाई हावाहुरीसँगै परेको चट्याङले लागेको थियो । चट्याङका कारण उनको दुवै आँखा र दाहिने हातमा चोट लागेको र बिर्तासिटी अस्पतालमा मध्यम अवस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

त्यस्तै बुधबार साँझ अन्दाजी ६ः३० बजे परेको चट्याङ लागेर शिवसताक्षी–७ टेक्रा निवासी ४४ बर्षीया डम्बर कुमारी भुजेल घाइते भएकीछन् । घरमा बसिरहेको अवस्थामा भुजेललाई चट्याङ लागेको उनको मुख सामान्य जलेको प्रहरीले जनाएको छ । उनको स्थानीय मेडिकलमा उपचार भएको प्रहरीले जनाएको छ ।

सोहि चटयाङले लागेर भुजेलको गोठमा बाँधेको एउटा गाई मरेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार