२०८३ आश्विन १८ गते , आईतबार

अफताब आलमलाई सफाई दिने न्यायाधीशलाई कालोमोसो

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २९ गते , विहीबार
अफताब आलमलाई सफाई दिने न्यायाधीशलाई कालोमोसो

झापा । ज्युँदै मानिसलाई इटाभट्टामा जलाएको आरोप लागेका अफताब आलमलाई सफाई दिने उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारूलाई मोसो प्रहार गरिएको छ । नेकपा बहुमतका कार्यकर्ताहरूले थारूलाई मोसो प्रहार गरेका हुन् ।

उनीहरूले कार्यकक्षमै पुगेर न्यायाधीश थारूमाथि मोसो प्रहार गरेका थिए । मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

थारूसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।

जनविरोधी फैसला गरेको भन्दै थारूलाई मोसो प्रहार गरिएको नेकपा बहुमतका कार्यकर्ताले बताएका छन् ।

सम्बन्धित समाचार