२०८३ आश्विन १८ गते , आईतबार

धरानमा श्रमदानको क्रममा लडेर घाइते भएका राईको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ३० गते , शुक्रबार
धरानमा श्रमदानको क्रममा लडेर घाइते भएका राईको मृत्यु

झापा । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले सुरु गरेको कोकाह प्रोजेक्ट भाग–२ को श्रमदानको क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका मानिसको मृत्यु भएको छ । पाईप तान्दा लडेर घाइते भएका धरान–११ का ६५ वर्षीय कुलराज राईको बिपी प्रतिष्ठानमा मृत्यु भएको हो ।

घाइते श्रमदाता राईको आज शुक्रवार मृत्यु भएको उनका भतिज मेघराज राई ईलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएको डिएसपी प्रकाश जवेगुले बताए । श्रमदानमा घाइते राई वराहक्षेत्र वडा नम्बर १ स्थित बान्द्रेचौरी भन्ने स्थानमा श्रमदान चलिरहेको बेला गत माघ १९ गते भीरबाट लडेर गम्भीर घाइते भएका थिए ।

उनको ५ महिनादेखि बिपी प्रतिष्ठानको आइसियु कक्षमा उपचार भइरहेको थियो । भिरबाट खसेका ६५ वर्षीय राईको पेट, टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो । उनको माघ २० गते शल्यक्रिया भएको अस्पतालले जनाएको थियो ।

सम्बन्धित समाचार