२०८३ आश्विन १८ गते , आईतबार

झापाबाट १९५३ वटा नागरिकता जारी

sajilo news
परिवेश मिडिया
२०८२ असार २ गते , सोमबार
झापाबाट १९५३ वटा नागरिकता जारी

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले १९५३ वटा नागरिकता जारी गरेको छ । प्रशासन कार्यालयले जेठ महिनामा ती नागरिकता जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईका अनुसार १९०१ वटा वंशजका आधारमा नयाँ, ४७ वटा वैवाहिक अङ्गिकृत र ५ वटा गैर आवासीय नागरिकता जारी भएको हो । त्यस्तै कार्यालयबाट १२८० वटा नागरिकता प्रमाण पत्रको प्रतिलिपी जारी भएको प्रसाईले बताए ।

जेठ महिनामा १८३४ वटा राहदानी आवेदन संकलन र १५१२ वटा वितरण गरिएको छ ।

कार्यालयले विभिन्न शिर्षकमा ९७ लाख ३४ हजार ५५० रुपैँया राजश्व संकलन गरेको जनाएको छ । 

 

सम्बन्धित समाचार