२०८३ आश्विन १८ गते , आईतबार

रसुवा बाढीमा बेपत्ता हुनेको संख्या २० पुग्यो

sajilo news
परिवेश मिडिया
२०८२ असार २४ गते , मंगलबार
रसुवा बाढीमा बेपत्ता हुनेको संख्या २० पुग्यो

झापा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर बेपत्ता हुनेको संख्या २० पुगेको छ । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिकसमेत रहेका छन् ।

बेपत्ताको संख्या थपिएको सशस्त्र प्रहरी बलद्वारा जारी अपडेटमा उल्लेख छ । दिउँसो ३ः५० को अपडेटअनुसार गोरखाको पालुङटार–६ का डिलबहादुर तामाङ र धनबहादुर तामाङ बेपत्ता भएका छन् ।

हालसम्म ५१ पुरुष र ४ महिला गरी ५५ जनाको उद्धार भइसकेको छ । प्रहरी, सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोली त्यहाँ सक्रिय छ । बाढीले १०० भन्दा बढी सवारीसाधन बगाएको छ ।

सम्बन्धित समाचार