२०८३ आश्विन १८ गते , आईतबार

उप्रान्त ‘श्री ५महाराजधिराज’ नलेख्ने शर्तमा छुटे पाठक

sajilo news
परिवेश मिडिया
२०८२ असार २८ गते , शनिबार
उप्रान्त ‘श्री ५महाराजधिराज’ नलेख्ने शर्तमा छुटे पाठक

बिर्तामोड । पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्बन्धित सूचना तथा विज्ञप्तिहरूमा गैरकानुनी रुपमा ‘श्री ५ महाराजधिराज’ उल्लेख गर्दै आएका फणिराज पाठक रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले अबउप्राप्त ‘श्री ५ महाराजधिराज’ भनेर सूचना तथा विज्ञप्ति जारी नगर्ने भनेर कागज गरी उनलाई परिवारको जिम्मामा छोडेको बताए । पूर्वराजाको संवाद सचिवको रुपमा कार्यरत उनलाई यही प्रकरणमा  जिल्ला प्रहरी परिसर काठमाडौँले सोधपुछका लागि बोलाएको थियो ।

जसअनसुसार शुक्रबार दिउँसो प्रहरीमा  उपस्थित भएका उनलाई साँझ प्रक्रिया पूरा गरेर छाडिएको हो ।

प्रहरीका अनुसार उनले आफ्नो फेसबुकमा पोस्ट गरेका ’श्री ५’ उल्लिखित मेसेजहरु सम्प्रेषण नगर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै यसरी पोस्ट गरिएको पुराना सूचनाहरु उनले आफ्नो सामाजिक सञ्जालबाट डिलिट गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

उनले नागरिक हैसियतमा पुगिसकेका पूर्वराजाको विज्ञप्ति निकाल्दा  ‘श्री ५’ को हैसियतमा निकाल्दै आएका थिए ।

सम्बन्धित समाचार