२०८३ आश्विन १८ गते , आईतबार

छाउगोठमा सुतेकी महिलाको सर्पको टोकाईबाट मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ असार २९ गते , आईतबार
छाउगोठमा सुतेकी महिलाको सर्पको टोकाईबाट मृत्यु

झापा । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको छ । छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीलाई २८ गते राति करिब १२:३० बजे सर्पले टोकेको थियो ।

प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार सर्पले बायाँ गालामा टोकेपछि उनी गम्भीर घाइते भएकी थिइन् ।

उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा शनिवार साँझ ८ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) सागर बोहराले जानकारी दिए ।

कमला आउजीका श्रीमान् भारत बस्छन् । घरमा एक्लै तीन सन्तान हुर्काइरहेकी उनको सर्पको टोकाइबाट ज्यान गएको हो । सुरुमा घरमै सुतिरहेको अवस्थामा सर्पले टोकेको बताइए पनि महिनावारी अवस्थामा छाउगोठमा सुतिरहेको अवस्थामा सर्पले टोकेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिममा छाउ गोठ भत्काउने र छाउपडी कुप्रथाविरुद्ध अभियान चलिरहे पनि अझै महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य भएको छैन ।

सम्बन्धित समाचार