२०८३ आश्विन १८ गते , आईतबार

‘साम्बा’लाई सञ्चारिका समूहको सम्मान

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १८ गते , आईतबार
‘साम्बा’लाई सञ्चारिका समूहको सम्मान

झापा । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई हेटौँडामा सम्मान गरिएको छ ।

सञ्चारिका समूह मकवानपुरले शनिबार हेटौँडामा आयोजना गरेको ‘देश चिनाउने साम्बासँग हाम्रो चिनजान’ कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको अध्यक्षता एवं हटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेजमेण्टका सञ्चालक एवं शिक्षाविद् पुरनबहादुर जोशीले भण्डारीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान  गरे ।

सम्मानपछि बोल्दै भण्डारीले आफूले धेरै मेहनत र संघर्षपछि सफलता हासिल गरेको बताइन्। मोजाको भकुण्डोबाट आफ्नो फुटबल करियर सुरु भएको स्मरण गर्दै उनले अभावै अभावमा हुर्किएर यो स्थानमा आएको बताइन् ।

कप्तान भण्डारीले पछिल्लो समय खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उल्लेख गरिन् । नयाँ पुस्तालाई खेल्नका लागि सामग्रीको अभाव नरहेको र स्थानीय सरकारले पनि खेलप्रति सकारात्मक धारणा राखेको उनको भनाइ थियो ।

फुटबलको माध्यमबाट समाजमा केही परिवर्तन गर्नुपर्छ भन्ने मान्यतामा नेपाली महिला फुटबल टिम रहेको उनले बताइन् ।

सबै नेपाली महिलाको प्रतिनिधित्व गर्दै नेपालको नाम चिनाउनका लागि आफू सदैव अग्रसर रहने उनले प्रतिबद्धता जनाइन् । कप्तान भण्डारीले खेलसँगै शिक्षाको पनि उत्तिकै महत्व रहेको धारणा राखिन् ।

सम्बन्धित समाचार