२०८३ आश्विन १८ गते , आईतबार

दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २० गते , मंगलबार
दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

बिर्तामोड । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई मुद्दामा २८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको छ । सोमबार उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राजावादी प्रदर्शनमा ३ लाख गरी २८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो ।

त्यस्तै राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका थप दुई जनालाई पनि अदालतले राहत दिएको छ । अदालतले सुशील बराल र तारा राजावादी भनिने सरोज गौतमलाई ५०/५० हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो ।

सम्बन्धित समाचार