२०८३ आश्विन १८ गते , आईतबार

दमकमा एक महिलासहित चार जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २३ गते , शुक्रबार
दमकमा एक महिलासहित चार जना पक्राउ

बिर्तामोड । झापाको दमकमा एक महिलासहित चारजना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

गएराति १० बजे दमक नगरपालिका वडा नं. ४ चियादोकान बस्ने पासाङ तामाङको घर कोठामा ब्राउनसुगर बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त घरमा तलासी लिँदा प्लाष्टिकसहित ११ ग्राम ३९० मिलिग्राम र प्लाष्टिकबाहेक ३ ग्राम ३२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

सो लागूऔषधसहित पक्राउ पर्नेहरुमा दमक नगरपालिका वडा नं. ४ चियादोकान बस्ने पासाङ तामाङकी श्रीमती २६ वर्षीया शितल भन्ने ज्योती राई तामाङ , कमल गाउँपालिका ५ पाथिभरा टोल बस्ने २७ वर्षीय संजिब लिम्बू , सोही ठाउँका १८ वर्षीय बसन्त राई र कमल ४ शितल टोल बस्ने १८ वर्षीय सन्दिप धिमाल रहेका छन् ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार