२०८३ आश्विन १७ गते , शनिबार

करेन्ट लगाएर माछा मार्ने क्रममा हल्दिबारीमा एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २६ गते , सोमबार
करेन्ट लगाएर माछा मार्ने क्रममा हल्दिबारीमा एक जनाको मृत्यु

बिर्तामोड । झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ अन्दाजी ५:४० बजे संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा नम्बर २ का बर्ष अन्दाजी ३१ का रामकुमार अधिकारीको मृत्यु भएको हो ।

हल्दिबारी ४ ऐनाबारीस्थित मैनाली हाते कागज खरिद बिक्री केन्द्रमा काम गर्दै आएका अधिकारीको नजिकैको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार