२०८३ आश्विन १८ गते , आईतबार

सुनसरी बस दुर्घटना : मृतकको संख्या ४ पुग्यो, घाइते २३ जना (नामावलीसहित)

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २६ गते , सोमबार
सुनसरी बस दुर्घटना : मृतकको संख्या ४ पुग्यो, घाइते २३ जना (नामावलीसहित)

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीमा बस र माइक्रो ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । २३ जना घाइते भएका छन् ।

सुनसरीको भोक्राहा–नर्सिंह गाउँपालिका–३ जलुवा टोलमा झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो सोमबार बिहान  ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका २७ जनामध्ये चार जनाको  उपचारको क्रममा मृत्यु भएको हो । मृतक तीन जनाको पहिचान भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा सप्तरी मधावे गाउँपालिका–६ बस्ने अन्दाजी ३५ वर्षीय शंकर मण्डल र सुनसरीको कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदाको मृत्यु भएको हो । अर्का मृतक विराटनगरका अशोक यादव भएको खुलेको छ । मृतक महिलाको भने पहिचान खुलेको छैन । 

ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा सुनसरी:-

१) जिल्ला मोरङ सुन्दर हरैचा न.पा.-९ बस्ने बर्ष नखुलेको अम्बिका राई

२) जिल्ला खोटाङ रावावेसि गा.पा.-०२ बस्ने बर्ष नखुलेको निरुता परियार

३) ऐ. ऐ. बस्ने बर्ष ३८ को निर्मल परियार

४) जिल्ला सप्तरी मन्धेव गा.पा. -६ बस्ने बर्ष नखुलेको रबिन्द्र प्र. मण्डल

५) जिल्ला उदयपुर चौदण्डिगढी न.पा.-५ बस्ने बर्ष-५० को रेनुका श्रेष्ठ

६) जिल्ला झापा शिवसताक्षी न.पा.-०५ बस्ने बर्ष-३८ को खगेन्द्र थापा – सामान्य

७) ऐ. भद्रपुर न.पा.-०९ बस्ने बर्ष-५३ को सन्तोष खत्री – सामान्य

८) जिल्ला उदयपुर बेलस्रोत न.पा.-०१ बस्ने बर्ष-२० को दिपक बि.क. -सामान्य

९) जि. ईलाम चुलाचुलि गा.पा.-०३ बस्ने बर्ष-३६ को सविन राई -सामान्य

१०) जि. सप्तरी धिकुति गा.पा.-०६ बस्ने बर्ष नखुलेको रविन्द्र मेहता

११) ऐ.गोईठी गा.पा.-३ बस्ने बर्ष-६८ को जिवछ महात्मा

जिल्ला अस्पताल ईनरुवा सुनसरी:-

१२) जिल्ला खोटाङ हलेसी तुवाचुङ नपा १० बस्ने बर्ष ८४ को नेत्रलाल गिरीको टाँउको दाहिने खुट्टामा अबस्था सामान्य ऐ.०९:४० बजेको समयमा डिस्चार्ज भई घर तर्फ ।

१३) नेत्रलाल गिरीको छोरा बर्ष अं. ३९ केदार गिरी बुबा छोरा दुबै जना ऐ.०९:४० बजेको समयमा डिस्चार्ज 

गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको घाईतेहरुको बिबरण :

१४) जिल्ला झापा अर्जुनधारा नपा १ साधुटार बस्ने चन्द्र राईको छोरा बर्ष अं. २० को सत्य राईको आँखाको परेलामा चोट अबस्था बोल्न सक्ने मध्यम

१५) जिल्ला सप्तरी राजविराज न.पा.-०६ बस्ने प्रकाश कुमार रायको छोरा बर्ष-१० को रुद्र राय

१६) जिल्ला मोरङ बिराटनगर मनपा-१० बस्ने बर्ष-४८ कि सोभा यादव

१७) जिल्ला सप्तरी राजविराज न.पा.-१२ बस्ने बर्ष-४४ को प्रमोद रजक । सामान्य

१८)  ऐ. तिलाठी गा.पा.-५ बस्ने बर्ष-२२ को रवि राय

१९) ऐ. राजविराज न.पा.-०२ बस्ने बर्ष-२४ को भोला यादव मध्यम

२०) जिल्ला सप्तरी राजबिराज तेतरी गाछी बस्ने बर्ष अं. ३५ को प्रदिप यादव

२१) जिल्ला सुनसरी कोशी गा.पा.-०६ श्रीपुर बस्ने बर्ष-६० को जोगिन्द्र दास (बाबा) मध्यम

२२) ऐ. डाक्नेश्वरी न.पा.-०३ बस्न बर्ष ३० कि अमृता राय मध्यम

बिराट नर्सिङहोम बिराटनगरमा उपचार भईरहेको

२३)  जिल्ला सप्तरी राजविराज न.पा.-०४ बस्ने बर्ष-२१ को सन्तोष बास्तोला मध्यम (डिस्चार्ज माईक्रोको सह चालक)

सम्बन्धित समाचार