२०८३ आश्विन १८ गते , आईतबार

मोरङबाट हराएको मोटरसाइकल भद्रपुरमा पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र ३ गते , मंगलबार
मोरङबाट हराएको मोटरसाइकल भद्रपुरमा पक्राउ

बिर्तामोड । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ४ बाट हराएको मोटरसाइकल प्रहरीले झापाको भद्रपुरमा पक्राउ गरेको छ ।

साउन ३० गते अन्दाजी रातको १२ बजे रतुवामाई नगरपालिका वडा नम्बर ४ आमबारी बस्ने पुष्पमाया खतिवडाले आफ्नो कम्पाउण्डमा राखेको मोटरसाइकल हराएको थियो । को ३० प ९६७७ नम्बरको उक्त मोटरसाइकल प्रहरीले चेकजाँचको क्रममा भद्रपुरस्थित नेपाल भारत बोर्डरको मेचीपुलबाट प्रहरीले भदौ २ गते अन्दाजी दिउँसो २ बजे पक्राउ गरेको जनाएको छ । 

उक्त मोटरसाइकल झापा गौरीगन्ज गाँउपालिका वडा नं. ५ बस्ने बर्ष २० को रोम भन्ने प्रकाश यादव र विर्तामोड नगरपालिका वडा नं. १ बस्ने बर्ष २० को ओम प्रकाश खड्काले चलाएर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी सिजुवा मोरङ पठाइएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार