२०८३ आश्विन १८ गते , आईतबार

भद्रपुरका प्रमुख कर अधिकृत काफ्‌लेको सरुवा

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र ५ गते , विहीबार
भद्रपुरका प्रमुख कर अधिकृत काफ्‌लेको सरुवा

बिर्तामोड । आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत कृष्ण चन्द्र काफ्‌लेको सरुवा भएको छ । उनको आन्तरिक राजश्व विभागमा सरुवा भएको हो ।

काफ्‌लेको ठाउँमा आन्तरिक राजश्व विभागमा निर्देशकको रुपमा कार्यरत गोपाल बहादुर थापा आउन लागेका छन् ।

त्यस्तै आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपाल राज शाक्यको समेत भन्सार विभागमा सरुवा भएको छ । उनको ठाउँमा अर्थ मन्त्रालयबाट उपसचिव केशव कुमार उप्रेती आउने भएका छन् ।

बुधबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ६८ जना उपसचिवहरुको सरुवा गरेसँगै उनीहरुको सरुवा भएको हो ।

सम्बन्धित समाचार