२०८३ आश्विन १७ गते , शनिबार

लागूऔषध कारोबारीसहित ६ जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र ९ गते , सोमबार
लागूऔषध कारोबारीसहित ६ जना पक्राउ

बिर्तामोड । प्रहरीले झापाको भद्रपुरबाट एक जना लागूऔषध कारोबारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

आइतबार साँझ ७ः३० भद्रपुर–८ बस्ने खुश बाबु श्रेष्ठको छोरा राज श्रेष्ठले आफ्नो घरबाट प्रतिबन्धित लागूऔषध (ब्राउन सुगर) बिक्री वितरण गरि रहेको भन्ने सूचनाको आधारमा जिप्रका झापा बाट  खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले २१ बर्षीय राज श्रेष्ठसहित भद्रपुर नगरपालिका वडा नं. १० बस्ने बसिब सेखको छोरा बर्ष २३ को अलताप सेख, भद्रपुर–७ बस्ने  सन्तोष राजवंशीको छोरा बर्ष १९ को रमित राजवंशी, गणेश पासीको छोरा बर्ष २९ को सुमित पासी, धार्दिङ्ग रुवीभ्याली गाउँपालिका वडा नं. ५ बस्ने रुप्चा तामाङको छोरा बर्ष २४ को गुम लामा र काठमाण्डौ तारकेश्वर नगरपालिका वडा नं. ६ बस्ने नारायण तामाङ्गको छोरा बर्ष १९ को न्यान्जी तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले खैरो हिरोइन २०.४८० ग्राम, खुकुरी १ थान, पिलास १ थान र स्क्रुडाईभर १ थान, विभिन्न कम्पनीको मोबाइल ८ थान र नगद १४ हजार १७० रुपैँया बरामद गरेको जिप्रका झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

पक्राउ परेका हरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार