२०८३ आश्विन १७ गते , शनिबार

लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीद्वारा कपी वितरण

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १९ गते , विहीबार
लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीद्वारा कपी वितरण

बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले विद्यार्थीहरुलाई कपी वितरण गरेको छ । स्मार्ट लेडीले बुधबार कनकाई–६ का विद्यार्थीलाई कपी वितरण गरेको हो ।

बुधबार चम्पापुर माध्यमिक विद्यालयका ३५० जना विद्यार्थीलाई कपी वितरण गरिएको स्मार्ट लेडीकी अध्यक्ष यशोदा उप्रेतीले जानकारी दिइन् । उनीहरुलाई ४ वटाका दरले १४०० कपी वितरण गरिएको उनले बताइन् । कविता पोखरेलको जन्म दिनको अवसरमा पोखरेलको सौजन्य र स्मार्ट लेडीको संयोजनमा कपी वितरण गरिएको स्मार्ट लेडीकी महासचिव शिला भट्टराई बरालले जानकारी दिइन् ।

कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट तथा एरिया चिफ, रिजन र जोन चेयरपर्सन, निवर्तमान अध्यक्ष तथा विद्यालय परिवार सहभागी रहेको थियो ।

सम्बन्धित समाचार