२०८३ बैशाख ६ गते , आईतबार

कार्की आयोगको प्रतिवेदन कार्की सरकारले सार्वजनिक गर्नुपर्ने बालेनको चाहना

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र १० गते , मंगलबार
कार्की आयोगको प्रतिवेदन कार्की सरकारले सार्वजनिक गर्नुपर्ने बालेनको चाहना

झापा भदौ २३ २४ गते भएको जेनजी आन्दोलनको छानबिनका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा गठित उच्च स्तरीय जाँचबुझ आयोगले दिएको प्रतिवेदनलाई के गर्ने भन्ने विषयमा प्रधानमन्त्री सुशीला कार्की परामर्शमा छिन् प्रतिवेदन सार्वजनिक गर्न उनलाई चौतर्फी दबाब

गत चैत मा बसेको मन्त्रिपरिषद बैठकले गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले बुझाएको प्रतिवेदन ग्रहण गर्ने अध्ययन गर्ने निर्णय लिएको थियो सोपश्चात् अर्को मन्त्रिपरिषद बैठक बसेको छैन मन्त्रिपरिषदको निर्णयअनुसार सबै मन्त्रीहरूले प्रतिवेदन अध्ययन गरिसकेको सन्दर्भमा अब के गर्ने भनेर प्रधानमन्त्री कार्कीले परामर्श गरिरहेको उनका प्रेस सल्लाहकार राम रावलले बताए

प्रतिवेदन अध्ययन गरेर यसको निष्कर्ष सबैले बुझिसकेपछि अब यसलाई के गर्ने भनेर परामर्शको क्रम चलिरहेको , उनले भने

रावलका अनुसार प्रधानमन्त्रीले सरकारका मन्त्रीहरू, उच्च तहका कर्मचारी, सुरक्षा निकाय, कानूनविद लगायत सबै पक्षसँग छलफल गरिरहेकी छन्

यता, भावी प्रधानमन्त्री बालेन्द्र साहले भने यही सरकारले प्रतिवेदन सार्वजनिक गरेर अघि बढाओस् भन्ने चाहना राखेका छन् उनी निकट स्रोतका अनुसार प्रधानमन्त्रीलाई पनि यस्तो सन्देश दिइएको

स्रोतले भन्यो, ‘यही सरकारले बनाएको आयोग भएकाले प्रतिवेदन पनि यही सरकारले सार्वजनिक गर्नुपर्छ भन्ने उहाँको भनाइ हो सार्वजनिक नगरीकन सिधै प्रहरीलाई पठाउँदा पनि हुन्छ त्यसपछि नयाँ बन्ने सरकारले आवश्यक कारबाही गर्छ भन्ने सन्देश भावी प्रधानमन्त्रीले दिनुभएको

यो सरकारले केही गरेन भने पनि आफ्नो सरकार आएपछि कार्यान्वयनमा लैजान बालेन दृढ रहेको पनि स्रोत बताउँछ

नयाँ सरकारले प्रतिवेदनको सिफारिस कार्यान्वयन गर्नेमा कुनै द्विविधा छैन आफूनिकटकै वा पार्टी (रास्वपा) का मान्छेहरूमाथि कारबाही सिफारिस गरिएको रहेछ भने पनि भने पनि भावी प्रधानमन्त्रीज्यू पछि हट्नु हुन्न तर, सार्वजनिक गर्ने वा फरवार्ड गर्ने काम चाहिँ यही सरकारले गर्नु राम्रो हुने उहाँको मनसाय , स्रोतले भन्यो

कार्की आयोगको प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङमाथि जेल सजायको सिफारिस गरेको चर्चा व्याप्त भए पछि सरकारको तर्फबाट कुनै पनि आधिकारिक भनाइ आएको छैन

सम्बन्धित समाचार