२०८३ बैशाख ५ गते , शनिबार

रिहा भए काठमाण्डौका पूर्व सीडीओ छवि रिजाल

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र १७ गते , मंगलबार
रिहा भए काठमाण्डौका पूर्व सीडीओ छवि रिजाल

झापा । आजै बिहान पक्राउ परेका काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन् ।
अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई सुविधानगरबाट पक्राउ गरेको थियो । उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए ।
रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो ।
तर, उनलाई हाजिरी जमानीमा छाड्न निर्णय भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले जानकारी दिए ।

सम्बन्धित समाचार