२०८३ बैशाख ५ गते , शनिबार

भी-टु-भी टुरिजम : बन्नसक्छ पर्यटन पुनरुत्थानको पहिलो पाइला

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र २ गते , बुधबार
भी-टु-भी टुरिजम : बन्नसक्छ पर्यटन पुनरुत्थानको पहिलो पाइला

कोभिड महामारीले गर्दा विगत डेढ वर्षदेखि बन्दाबन्दीमा खुम्चिएको हाम्रो समाज अर्थतन्त्र अब सुरक्षाका उपाय अपनाउँदै अंगाल्दै चलायमान बनाउन खोजिनु पर्छ सुरुवाती दिनमा शतप्रतिशत रहेको कोभिड- बारेको मानसिक डर/त्रासको स्तर पछिल्ला दिनहरुमा प्रतिशतभन्दा तल झरेको विभिन्न अध्ययनहरुका अनुसार सबैजसो महामारी प्रतिको शुरुवाती चरणको त्रास, त्यसपछि सृजना हुने जटिलता त्यसबाट खोज्न थालिने सहजताको चक्र प्रायः उस्तै रहने गरेको

सार्स, इबोला, स्वाइन फ्लू, एड्सजस्ता सरुवा संक्रामक रोगहरुको बिकास, बिस्तार व्यवस्थापनको चक्र हेर्दा पनि यस्तै देखिन्छ उत्पत्तिको शुरुवाति  अवस्थामा अत्यन्तै डर, त्यसपछि मान्छेको चहलपहलमा नियन्त्रण बन्दाबन्दी गरिने, फलस्वरुप बेरोजगारीता बढ्ने आर्थिक मन्दि देखिने गर्छ त्यही बीचमा महामारीको निर्मूलीकरण वा नियन्त्रणका लागि भ्याक्सिन वा औषधि उपचारको विकास गर्दै वितरण थालिने, जोखिम न्यून गर्न आधारभूत जनचेतनाका कार्यक्रम चलाइने, जीवन/व्यवसाय/ जीविकोपार्जन बचाउन राहतका कार्यक्रम ल्याउने सुरक्षाका मापदण्ड अपनाई पेशा/उद्यम/ व्यवसाय पुनः संचालन हुनसक्ने वातावरण बनाउँदै सामाजिक-आर्थिक गतिविधिलाई चलायमान बनाउनु पर्छ

विगतका कतिपय महामारी निर्मुल पार्ने खोप वा औषधी अझै पनि आइसकेका छैनन् तथापी हामी त्यसको त्रासमा छैनौं धेरैले बिर्सिसकेका छन् त्यो आम चासोको विषय पनि रहेको छैन बिस्तारै कोभिड महामारीले पनि यहि चक्र पार गर्ने खुसीको कुरा, अघिल्ला महामारीभन्दा योपाली भ्याक्सिनको विकास वितरण छिट्टै भएको

यस अवधिमा खोप लाउने कार्यलाई तीव्रता (भ्याक्सिनेसन) दिँदै, संक्रमितको यथासिघ्र पहिचान उपचारको व्यवस्था (कन्ट्याक्ट ट्रेसिङ तथा ट्रिटमेन्ट) संक्रमण फैलिन नदिन व्यापक तालिम तथा जनचेतना (म्यासिभ अवार्नेश)का कार्यक्रम नियमित रुपमा गर्दै जिविका, पेशा, उद्यम, उद्योग व्यवसाय केही ठाउँहरुमा पुनःसुचारु गरिएको यो अवधारणा थुप्रै अरु देशमा पनि अपनाईंदै   यही सेरोफेरोमा विश्वका धेरै देशले आन्तरिक तथा बाह्य रुपमा आवतजावत गर्नका लागि वातावरण सहज बनाउँदै गइरहेका छन्

मावन जातिका लागि स्वास्थ्यको पाटो जति महत्वपूर्ण हो त्यतीकै महत्वपूर्ण सामाजिक आर्थिक पाटो पनि हो अहिले आवतजावत समेत रोकिएको त्रासपूर्ण नियन्त्रित अवस्था हो यो पछिल्लो सतक यताकै सबैभन्दा ठूलो विश्वव्यापी मानवीय संकट मध्ये एक हो यसबाट सबैभन्दा ठुलो मार पर्यटन उद्योगमा परेको मानिसहरुले एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्ला गरिने गतिविधिले सृजित हुने अर्थतन्त्र नै पर्यटन उद्योग हो नयाँ संविधानको अभ्याससँगै अपेक्षा गरिएको राजनीतिक स्थिरता, देशमा बढ्दो आर्थिक विकासमुखी सोच मानसिकता, २० लाख पर्यटन भित्र्याउने लक्ष्यसहित घोषित भ्रमण वर्ष २०२०, सुधि्रदै गएको बिस्तार हँदै गएको पुर्वाधारका कारण यस क्षेत्रमा ठुलो मात्रामा लगानी बढिरहेको अवस्था थियो

तर, यही महामारीका कारण होटल, रिजोर्ट, ट्राभल, ट्रेकिङ, र्याफ्टिङ, एअरलाइन्स, यातयात, हस्तकला तथा उपहार सामग्री, रेस्टुरेन्टजस्ता पर्यटन क्षेत्रबाट प्रत्यक्ष रुपमा हुने ७५ अर्ब भन्दा बढीको आय गुमिरहेको सन् २०१९ को तुलनामा २०२० मा आउने पर्यटक आगमन संख्यामा ८१ प्रतिशत ले गिरावट आएको प्रत्यक्ष, अप्रत्यक्ष यस्को प्रत्यक्ष सप्लाई चेन गरी पर्यटन क्षेत्रमा सृजित करीब १० लाख जनशक्तिको रोजगार संकटमा खर्ब भन्दा बढीको बैंक तथा वित्तिय क्षेत्रको मात्रै लगानी रहेको पर्यटन क्षेत्र निकै जोखिममा २५ प्रतिशत भन्दा बढी पर्यटन व्यवासाय तथा उद्यमहरु फेरी कहिल्यै पुनर्जिवित नहुने गरी बन्द भएका छन्

महामारीले महासंकट ल्याएको , तर वास्तवमा हरेक संकटले नयाँ अवसर पनि ल्याएको हुन्छ संकटका बेला धेरैले हार मान्छन् हराउँछन् केहीले बाँच्ने उपाय खोज्छन् आफूलाई बचाउँछन् केहीले बाँच्ने प्रयासका साथै नयाँ अवसर खोज्न लाग्छन् संकट जितेर नयाँ सामाजिक-आर्थिक साम्राज्य खडा गर्छन्   तसर्थ अब संकटग्रस्त अवस्थाबाट यथासिघ्र सामाज्ािक-आर्थिक पुनरुत्थानतर्फ लैजाने बाटो कोर्ने बेला आएको सावधानी नअपनाउने, संकटबाट उन्मुक्तिका लागि उचित यथेष्ट प्रयास नगर्ने तर सधै डराएर मात्र एकले अर्कालाई दोषारोपण गरेर मात्रै बस्नु सहि बाटो होइन आशा मात्रै गरेर बस्नु पनि फलदायी रणनीति होइन

नेपाल सरकारबाट निजी क्षेत्रको सहकार्यमा पर्यटनका महत्वपूर्ण क्षेत्रका लागि एक सुरक्षा प्रोटोकल सार्वजनिक भइसकेकोे आन्तरिक अन्तर्राष्ट्रिय आवागमन पनि सुचारु गरि सकिएको अब पर्यटन बचाउन (सर्भाइभल), फर्काउन (रिभाइभल), फैलाउन (थ्राइभल) का लागि  कम्तिमा वर्षे रणनीतिका साथ अझ बढी एकतावद्ध भएर थप सक्रियताका साथ हिँड्नु पर्ने हुन्छ

पर्यटन उद्योगलाई बचाउन फेरी पुरानै लयमा फर्काउन गर्नु पर्ने कामहरुको सूची लामै हुन सक्दछ सबै कामहरु एकै पटक शुरु गर्न सम्पन्न गर्न सम्भव छैन तसर्थ तत्कालका लागि पहिलो पाइला स्वरुप निम्न कार्य उच्च प्राथमिकताका साथ गर्न सके हाम्रो पर्यटन छिट्टै पुनरुत्थान हुन सक्नेछ

) भ्याक्सिनमा तीव्रता सकारात्मक सन्देशको प्रसार विश्वका अन्य कम विकसित तथा विकासोन्मुख देशको तुलनामा नेपालमा भ्याक्सिनको प्राप्तता वितरण सन्तोषजनक नै आगामी असोज महिना सम्म कुल जनसंख्याको करीब ४० प्रतिशत चैत्र सम्म शतप्रतिशत नेपालीका लागि खोपको उपलब्धता भइ सक्ने योजना सार्वजनिक भएको सगरमाथा तथा अन्नपूर्ण क्षेत्र जस्ता नेपालका मुख्य पर्यटकीय गन्तव्य रहेका हिमाली जिल्लामा प्रायः सबै जनाले भ्याक्सिन लगाइसकेका छन् काठमाडौ, पोखरा, चितवन, लुम्बिनी, नगरकोट, धुलिखेल, बर्दिया, धरान जस्ता गन्तव्यहरुमा पर्यटकीय सेवा प्रदान गर्ने प्राय सबै जसो पर्यटनकर्मीले पनि खोप लगाइसकेका छन् यस अवस्थामा छुटेका केही पर्यटनकर्मीलाई प्राथमिकताका साथ खोप लगाउने व्यवस्था गर्दै नेपालको समग्र पर्यटन क्षेत्र भ्याक्सिनयुक्त भइसकेको सन्देश स्रोत बजारमा व्यापक रुपमा सम्पे्रषण गनुपर्छ

) सुरक्षित यात्रा कोरिडोरको पहिचान प्रचार : सम्पूर्ण नेपालीले भ्याक्सिन नलगाउँदा सम्म पर्यटक घुम्न निस्कदाँ विश्वस्त नहुन सक्छन् सरकारी योजनाका अनुसार सबै नेपाली भ्याक्सिनयुक्त हुन २०७८ चैत्रसम्म कुर्नु पर्छ सोहिकारण हाललाई पर्यटक घुम्न सक्ने सुरक्षित कोरिडोर पहिचान गरि प्रचारित गर्दा त्यसले पर्यटकका लागि नेपाल यात्रा थप विश्वसनिय बनाउने पर्यटकको सुरक्षाका लागि नेपालले देखाएको सह्रदयी चासो संवेदनशीलता पनि यस क्रममा झल्किने हाललाई भ्याक्सिन लगाई सकेका सेेवा प्रदायक रहेको अन्य सुरक्षाका मापदण्ड पालना गरिरहेको होटल, रिजोर्ट, रेस्टुरेन्ट, विमानसेवा, सम्पदास्थल, यातायाता, तथा अन्य घुमघामका क्षेत्रहरुको पहिचान त्यसको नियमित अनुगमन हुने संयन्त्रको व्यवस्था, स्थानियले समेत भ्याक्सिन लगाइसकेका गन्तव्य, भ्याक्सिन लगाइसकिएका अग्रपंक्तिका सेवा प्रदायक जनशक्ति रहेका मुख्य पर्यटकीय क्षेत्रहरु समावेश गरी एक सुरक्षित कोरिडोरको पहिचान तथा नक्साकन गर्नुपर्छ त्यसको नियमित परिक्षण गर्देै सहज रुपमा चहलपहल गर्न दिनुपर्छ हाललाई भ्याक्सिन नलगाएका समुदायहरुमा घुमफिर गर्न प्रोत्सहित गर्नु हुँदैन एक पर्यटक विमानस्थलमा आइसकेपछि सुरक्षाका मापदण्ड पालना गरिएका सवारीसाधन पूर्णरुपमा भ्याक्सिन लगाइ सकेका सेवा प्रदायक मार्फत मापदण्ड पालना गरिएको होटल रिजोर्टमा बस्नेे प्रावधान मिलाउनु पर्छ सुरक्षा अडिट गरिएका गन्तव्यमा घुम्न जाने त्यसरी नै सुरक्षित कोरिडोरबाटै फर्किने व्यवस्था गर्न सकिन्छ   नेपालका मुख्य पर्यटकिय आकर्षण खासगरी पर्वतीय, प्राकृतिक, साहसिक वन्यजन्तु सम्बन्धि पर्यटकीय गतिविधि यस कोरिडोर भित्र रहने छन्

व्यवस्थाबारे ड्यासबोर्ड इन्फोग्राफीक भिडियो सामग्री बनाई मुख्य स्रोत बजारका सरोकारवाला, संचार क्षेत्र, गैरआवासीय नेपाली संघ नेपाली डायस्पोरा, दुतावासमार्फत यथासिघ्र सम्पे्रषित गर्न सकिन्छ यसले नेपालको सक्रियता तयारी बारे सकारात्मक सन्देश दिनेछ यसबाट नेपाल भ्रमण गर्न समेत प्रेरित गर्नेछ

) व्यापक तालिम तथा जनचेतना/ सुरक्षा मापदण्डको पालना अनुगमन संयन्त्र : कोभिड महामारी यसपश्चात सरसफाई खाद्य सुरक्षा मुख्य चासो हुने भएकाले एक राष्ट्रिय अभियानकै रुपमा पर्यटनमा अग्रपंक्तिमा कार्यरत पर्यटनकर्मीलाई व्यापक रुपमा तालिम तथा अभिमूखिकरण स्थानिय समुदायका लागि जनचेतनाका कार्यक्रम नियमित सन्चालन गर्नुपर्छ अब यात्रामा निस्कने हरेक पर्यटक, स्वेदेशी/विदेशी, दुवैले गन्तव्य वा गतिविधि छनौट गर्दा स्वास्थ्य सम्बन्धिको तयारीलाई पहिलो मापदण्ड बनाउने छन् पर्यटन पुनरुत्थान हुँदै गर्दा क्षेत्र पहिलेजस्तै रुपमा फर्के पनि सामाजिक दूरी, मास्क सरसफाईका प्रचलन लामो समयसम्म रहिरहनेछन् कम्तिमा यी तीन चलन जताततै लागु भएको प्रत्याभुत गर्न सक्नु पर्छ त्यसैले यात्रा गर्ने साधन जस्तै- हवाईजहाज, बस, कारÙ बास बस्ने स्थान जस्तैहोटल/रिजोर्ट/होमस्टे/टेन्टÙ पर्यटन सेवा गतिविधिका स्थल जस्तै- विमानस्थल, बसस्टप, टिकट तथा चेकइन काउन्टर, संग्राहलय, र्याफ्टिंग/बन्जि/प्याराग्लाइडिंग/साइक्लिंग/बोटिंग/हात्ती सवार/सफारी जस्ता गतिविधिका साधनलाई नियमित डिस्इन्फेक्ट गर्नुपर्छ ।सफाई तथा हाइजिनको मापदन्ड कडाइका साथ लागु गर्नुपर्छ भौतिक दुरी कायम राख्ने जस्ता कार्य गर्न सरकारी, निजी क्षेत्र तथा पर्यटक प्रहरीका प्रतिनिधी संलग्न एक संयन्त्र बनाई त्यसको नियमित अनुगमन गर्ने व्यवस्था गर्नुपर्छ

) पूर्ण भ्याक्सिन लगाइसकेका यात्रीलाई बिना क्वारेन्टाइन प्रवेश सहज यात्राको वातावरण निर्माण  : पर्यटकहरु सुखद अनुभूति प्राप्त गर्नका लागि आफू भन्दा टाढाका गन्तव्यहरु छनौट गर्दैर् भ्रमणमा निस्कने गर्दछन गन्तवय प्रवेश गर्दा वा घुमघाम गर्दा झन्झटिला व्यवस्थाहरुले पर्यटकलाई निरुत्साहित गर्दछ आफ्नो व्यस्त दिनचर्याबाट सिमित समय बचाएर सिमित अवधिका लागि घुम्न आउने पर्यटकलाई सात दिन सम्म अनिवार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्था पर्यटन पुनःसुचारु गर्नका लागि सबै भन्दा बाधक जबकी विश्वव्यापी रुपमा एक जना पर्यटकको औसतः बसाई मात्रै दिन रहेको तसर्थ पूर्ण भ्याक्सिन लगाइसकेकालाई बीना क्वारेन्टाइन प्रवेश अन-अराइभल भिसा दिने व्यवस्था यथासिघ्र गर्नुपर्छ भ्याक्सिन नलगाइसकेकालाई पीसीआर नेगेटिभ रिपोर्टका आधारमा बीना क्वारेन्टिन प्रवेश दिनुपर्छ विश्वव्यापीरुपमा समेत यहि व्यवस्था अभ्यासमा ल्याइएको यो सुरक्षित पनि ठानिएको यसो गर्दा २०२१ अक्टोबरबाट केहि मात्रामा पर्यटक आउने सम्भावना

) भी टु भी पर्यटन सेवा सुचारु : भ्याक्सिन लगाइसकेकालाई भ्याक्सिन लगाइसकेका सेवाप्रदायकले सेवा प्रदान गर्न मिल्ने गरी पर्यटकीय गतिविधि अनुभुत गर्न उपभोग गर्न उत्साहित गर्न सकिन्छ स्वेदेशी तथा विदेशी दुवै खाले पर्यटकहरुका हकमा यो व्यवस्था स्थानिय सरकार, समुदाय तथा सरोकारवालाहरुको समन्वयमा सथानिय तहमा पनि लागु गर्न सकिन्छ भी-टु-भी पर्यटनको नेपालले लागू गर्ने यो नमुना विश्वका अन्य देशमा पर्यटन पुनः सूचारु गर्न पनि प्रेरणादायी हुन सक्ने

सम्बन्धित समाचार