२०८३ भाद्र ६ गते , शनिबार

अतिक्रमित संरचना भत्काउन शुरू

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र ६ गते , शनिबार
अतिक्रमित संरचना भत्काउन शुरू

झापा । अतिक्रमित संरचना खाली गराउने अभियान अन्तर्गत जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउन सुरु गरिएको छ । शनिबार बिहानदेखि गोरधोइ पोखरीको अतिक्रमित डिल डोजर लगाएर खाली गराउन थालिएको हो।
गुठी संस्थान जनकपुरधामले गिरनारी कुट्टीनजिक रहेको गोरधोइ पोखरीको अतिक्रमित डिल खाली गराउन डोजर परिचालन गरेको छ। यसअघि गुठी संस्थानले साउन १ गते अतिक्रमित जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो। त्यसपछि भदौ ५ गते जनकपुर नगर क्षेत्रमा माइकिङ गर्दै अतिक्रमित जग्गा खाली गर्न पुनः सूचना दिइएको थियो।
तर, सूचनापछि पनि अतिक्रमित जग्गा खाली नभएपछि गुठी संस्थानले डोजर लगाएर संरचना हटाउन थालेको हो।
गुठी संस्थान जनकपुरधामका किशोरकुमार झाले पहिलो चरणमा अतिक्रमणमा परेको पोखरीको डिल खाली गराउन सुरु गरिएको जानकारी दिए। उनका अनुसार जनकपुरधाम क्षेत्रमा रहेका करिब ५० वटा पोखरीमध्ये पहिलो चरणमा सातवटा पोखरीलाई अतिक्रमणमुक्त गराउने तयारी गरिएको छ।
अतिक्रमित संरचना हटाउने क्रममा सम्भावित अवरोध र सुरक्षालाई ध्यानमा राख्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सम्बन्धित समाचार