२०८३ बैशाख ६ गते , आईतबार
२५ लाख माथि ऋण लिनेले अनिवार्य पान लिनु पर्ने
बिर्तामोड । नेपाल राष्ट्र बैंकले अब २५ लाख रुपैयाँभन्दा बढि ऋण लिनेले अनिवार्य रूपमा लेखा नम्बर अथवा प्यान नम्बर लिनुपर्ने बताएको छ । कुनै व्यक्तिले बैंक तथा वित्तीय संस्थाहरुबाट २५ लाख रुपैयाँ वा सोभन्दा बढी ऋण लिँदा प्यान नम्बर लिनुपर्ने भएको हो ।
यसैगरी,समूहगत रुपमा २५ लाखभन्दा धेरै ऋण लिएमा पनि अनिवार्य रूपमा प्यान नम्बर लिनुपर्नेछ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
यसअघि ५० लाखभन्दा बढी रकम लिनेले मात्रै लेखा नम्बर लिनुपर्ने नियम रहेको थियो ।