२०८३ भाद्र ६ गते , शनिबार

ब्रह्माकुमारीद्वारा रक्तदान, ४३ पिन्ट रगत संकलन

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र ६ गते , शनिबार
ब्रह्माकुमारीद्वारा रक्तदान, ४३ पिन्ट रगत संकलन

बिर्तामोड । ब्रह्माकुमारी राज योग सेवा केन्द्र बिर्तामोडले रक्तदान कार्यक्रम आयोजना गरेको छ । शनिबार बिर्तामोड-४ स्थित केन्द्रको भवनमा आयोजित कार्यक्रममा ४३ पिन्ट रगत संकलन भएको थियो ।
राजयोगिनी दादी प्रकाशमणी जीको १९ औं पुण्य तिथिको अवसरमा रक्तदान आयोजना गरिएको आयोजकले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटीले कार्यक्रममा प्राविधिक सहयोग गरेको थियो । ११ जना महिला र ३२ जना पुरुषले रक्तदान गरेका थिए । 

सम्बन्धित समाचार