२०८३ भाद्र ७ गते , आईतबार

१२ घण्टापछि सकुशल फेला परिन् २ बर्षीया बिन्दी

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र ७ गते , आईतबार
१२ घण्टापछि सकुशल फेला परिन् २ बर्षीया बिन्दी

झापा घरअगाडी खेल्दाखेल्दै अचानक हराएकी दुई बर्षीया बालिका बिन्दी मण्डल सकुशल फेला परेकीछन् बाराको कलैया उपमहानगरपालिका कट्टीपर्साकी दुई वर्षीया बालिका मण्डल १२ घण्टापछि फेला परेकी हुन्

स्थानीय मुकेश मण्डलकी छोरी विन्दी शनिबार साँझ ५ः३० बजेतिर आफ्नै घरबाट बेपता भएकी थिइन् घर अगाडि खेलिरहेकी बालिका अचानक बेपत्ता भएपछि बालिकाका हजुरबुबाले प्रहरीमा खबर गरेका थिए

बालिकालाई स्थानीयवासीले आइतबार बिहान बजेतिर कलैया उपमहानगरपालिका २६ मा फेला पारेका थिए

सिसवा महेशपुरमा सडक किनारामा बालिकालाई रोइरहेको अवस्थामा देखेपछि स्थानीय महिला सल्मा नेशाले प्रहरीलाई जानकारी गराएकी थिइन् आफ्नो घरभन्दा करिब एक किलोमिटर उत्तरतर्फ बालिका सकुशल फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी मिनबहादुर घलेले जानकारी दिए

प्रहरीका अनुसार प्रहरी, परिवार स्थानीयवासीले रातभरी बालिकाको खोजी गरेका थिए डिएसपी घलेका अनुसार शनिवार साँझ बालिका हराएको विषयमा परिवारले जानकारी गराएपछि प्रहरीले सम्भावित स्थानहरुमा सर्च अभियान तीव्र बनाएको थियो

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक नरेन्द्र कुँवरको कमाण्डमा तालिमप्राप्त कुकुर सहितको सुरक्षा टोलीले रातभर बालिका खोजी अभियान चलाएको थियो बालिका पुग्न सक्ने सम्भावित स्थानहरुमा हामीले नेपाली सेना सशस्त्र प्रहरी समेतको सहयोगमा रातभर सर्च अभियान चलाएका थियौं, डिएसपी घलेले भने

प्रहरीले उद्धार गरी ती बालिकाको स्वास्थ्य परीक्षण गर्न प्रादेशिक अस्पतालमा कलैयामा पठाएको थियो उनको स्वास्थ्य अवस्था सामान्य रहेकाले सुरक्षित रुपमा परिवारको जिम्मा लगाइएको घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको

सम्बन्धित समाचार