जिन्युन एजुकेशनले अष्ट्रेलियाको लागि एजुकेशन फेयर २०२३ गर्ने
बिर्तामोड । जिन्युन एजुकेशन एण्ड भिषा सर्भिसेजले एजुकेशन फेयर २०२३ गर्न लागेको छ । नेपालको पाँच मुख्य शहरमा जिन्युनले एजुकेशन फेयर गर्न लागेको हो ।
अष्ट्रेलियामा मुख्य कार्यालय रहेको जिन्युन एजुकेशन एण्ड भिषा सर्भिसेजले अष्ट्रेलियका कलेज तथा विश्वविद्यालयहरु, त्यहाँ पढाई हुने बिषय, शिक्षण शुल्क, बसोबासको व्यवस्था, हावापानी, रहनसहन र परिवर्तित कानुनको बिषयमा जानकारी गराउने उद्धेश्यले फेयर गर्न लागिएको निर्देशक लक्ष्मीकान्त खनालले जानकारी दिए । जिन्युनले काठमाण्डौ, चितवन, दमक, सुनसरी र झापामा फेयर गर्न लागेको हो । जिन्युनले २०१६ मा अष्ट्रेलियाको मेलबर्नमा प्रधान कार्यालय स्थापना गरी नेपालको पाँच स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । जिन्युनले एजुकेशन फेयर भने पहिलो पटक आयोजना गर्न लागेको हो ।
जिन्युनले भदौ २१ गते झापाको दमक, २२ गते सुनसरीको इटहरी, २३ गते बिर्तामोड, भदौ २९ गते चितवन र असोज ३ गते काठमाण्डौमा कलेज तथा विश्वविद्यालयका प्रतिनिधीहरुको उपस्थितीमा फेयर गर्न लागेको निर्देशक खनालले जानकारी दिए ।
जिन्युनले कलेज तथा विश्वविद्यालयको बारेमा मात्र नभई विद्यार्थीहरुका लागि बसोबास र रोजगारीका लागि समेत सहजीकरण गरिदिने खनालले बताए । आफ्नै हेड अफिस अष्ट्रेलियामा भएका कारण उत्कृष्ट कलेज तथा विश्व विद्यालय छनौट गर्न र कुनै समस्या भए सहजीकरण गर्न सजिलो हुने खनालले बताए । जिन्युनले हालसम्म छ सय हाराहारी विद्यार्थीलाई अष्ट्रेलिया लगायतका मुलुकहरुमा अध्ययनका लागि सहजीकरण गरिसकेको उनले बताए ।
जिन्युनले अष्ट्रेलियाको क्यान्टबेरी कलेज इन्स्टिच्युट अफ मेनेजमेन्ट, अष्ट्रेलियन टेक्निकल एण्ड मेनेजमेन्ट कलेज, नाप्स कलेज, स्टान्ले कलेज र युनिर्भसल हायर एजुकेशन जस्ता कलेज तथा विश्वविद्यालयसँग विद्यार्थीहरुलाई सहजीकरण गर्ने उनले बताए । विश्वका आठौँ उत्कृष्ट कलेज तथा विश्वविद्यालय अष्ट्रेलियामा रहेकाले विद्यार्थीको रोजाईमा अष्ट्रेलिया पर्ने गरेको उनले बताए ।