२०८३ बैशाख ५ गते , शनिबार

झापा ट्राफिकको राजश्व बढ्यो, दुर्घटना घट्यो

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १ गते , बुधबार
झापा ट्राफिकको राजश्व बढ्यो, दुर्घटना घट्यो

बिर्तामोड जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा राजश्व रकम बढेको कार्यालयले चालु आवको पहिलो तीन महिनामा ८५ लाख ६७ हजार १४१ रुपैँया संकलन गरेको गत आवको सोहि अवधिमा कार्यालयले ८२ लाख हजार पाँच सय रुपैँया राजश्व संकलन गरेको थियो

चालु आवको पहिलो महिनामा कार्यालयले २७ लाख २८ हजार राजश्व संकलन गरेको जनाएको त्यस्तै भदौमा २८ लाख ३४ हजार ६४१ असोजमा ३० लाख हजार पाँच सय राजस्व संकलन भएको कार्यालय प्रमुख प्रहरी  निरीक्षक नवराज न्यौपानेले जानकारी दिए सो अवधिमा ११ हजार ९९१ वटा सवारी साधन कारबाहीमा परेको उनले बताए

यो तीन महिनाको अवधिमा हजार ५०४ वटा ट्रक कारबाहीमा पर्दा सबैभन्दा धेरै २६ लाख १७ हजार पाँच सय रुपैँया राजश्व संकलन भएको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिए

सवारी दुर्घटना मृतक संख्या घट्यो

गत आर्थिक बर्षको तुलानामा यो बर्षको तीन महिनाको अवधिमा झापामा सवारी दुर्घटना संख्या कम भएको पाइएको चालु आवको पहिलो तीन महिनामा १३४ वटा सवारी साधन दुर्घटना भएका छन् भने गत आवको सोहि अवधिमा १९५ वटा दुर्घटना संख्या रहेको थियो

त्यस्तै सवारी दुर्घटनाबाट हुने मृत्युको संख्यापनि घटेको गत बर्ष ३३ जनाको मृत्यु भएको थियो भने यो बर्ष १५ जनाको मृत्यु भएको ट्राफिक कार्यालयले जनाएको  

सम्बन्धित समाचार