२०८३ बैशाख ६ गते , आईतबार

आत्महत्या दुरुत्साहन अभियोग लागेका वडाध्यक्षले गरे आत्मसमर्पण

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २ गते , शनिबार
आत्महत्या दुरुत्साहन अभियोग लागेका वडाध्यक्षले गरे आत्मसमर्पण

बिर्तामोड कमल गाउँपालिका का वडाध्यक्ष नरेन्द्रप्रसाद भट्टराईले आत्मसमर्पण गरेका छन् स्थानीय ३६ बर्षीय अनिल कार्कीलाई आत्महत्या गर्न बाध्य बनाएको अभियोग लागेका वडाध्यक्ष भट्टराईलाई प्रहरीले खोजीरहेको बेला उनले आत्मसमर्पण गरेका हुन्

प्रहरीको खोजीमा रहेका उनी शुक्रबार प्रहरी कार्यालय दमकमा हाजिर भएको प्रहरीले जनाएको उनलाई इलाका  प्रहरी कार्यालय दमकको हिरासतमा राखिएको अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको एउटै कसूरमा कार्कीकी श्रीमती चाहना पोख्रेल ससुरा पुण्यप्रसाद पोख्रेललाई प्रहरीले घटना भएको भालिपल्ट पक्राउ गरेको थियो वडाध्यक्ष भट्टराई भने राजनीतिक संरक्षणका कारण पक्राउ परेका थिएनन्

गत कात्तिक गते मृतक कार्की उनकी श्रीमतीबीच घरायसी विवाद भइरहेको बेला वडाध्यक्ष भट्टराई पुगेका थिए सो क्रममा भट्टराईले कार्कीमाथि हातपातसमेत गरेका थिए आफूमाथि वडाध्यक्ष भट्टराईले गरेको कुटपिटको घटनालाई लिएर मृतक कार्की दशैंको टिकाको दिन अर्थात कात्तिक गते किटानी जाहेरीसहित इलाका प्रहरी कार्यालय दमकमा पुगेका थिए तर, त्यस जाहेरीलाई प्रहरीले सामान्य रुपमा लिएर आवश्यक कारवाही अघि नबढाउँदा कार्की न्यायको लागि हारगुहार माग्दै हिंडेका थिए उनले पारिवारिक मामिलामा वडाध्यक्ष भट्टराईले एकपक्षीय दबाब हस्तक्षेप दिएको गुनासो गरेका थिए त्यसक्रममा कात्तिक १२ गते साँझ कार्कीले घरमै झुन्डिएर आत्महत्या गरेका थिए कार्कीलाई श्रीमती, ससुरा वडाध्यक्ष भट्टराईले आत्महत्या गर्न बाध्य बनाएको आफन्तले आरोप लगाएका छन्

सम्बन्धित समाचार