२०८३ बैशाख ६ गते , आईतबार

प्याब्सन बिर्तामोडको नृत्य तथा गायन प्रतियोगिता सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १५ गते , शुक्रबार
प्याब्सन बिर्तामोडको नृत्य तथा गायन प्रतियोगिता सम्पन्न

बिर्तामोड निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपाल बिर्तामोड नगर समितिले आयोजना गरेको दुई दिवसीय नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको नगर प्याब्सनले बार्षिक रुपमा आयोजना गर्ने दुई दिवसीय कार्यक्रम बिहीबार सम्पन्न भएको हो

कोहेड स्कुल प्राङ्गणमा बिहीबार भएको गायन प्रतियोगितामा बाह्र बर्षभन्दा मुनि उमेर समूहमा निधी सेकेन्डरी स्कुल प्रथम भएको विद्यालयको तर्फबाट अश्विन भारतीले गीत गएका थिए त्यस्तै तक्षशिला एजुकेसन फाउण्डेसन दोस्रो कञ्चनजंघा इङ्गलिस सेकेण्डरी स्कुल तेस्रो भएको प्याब्सन बिर्तामोडका सचिव सुरेन्द्र खरेलले जानकारी दिए

त्यस्तै १२ बर्षदेखि माथि कक्षा १० सम्म उमेर समूह अन्तर्गत कञ्चन इङ्गलिस स्कुल प्रथम भएको थियो विद्यालयको तर्फबाट रोजी शेखले गीत गाएकी कञ्चन इङ्गलिस स्कुलका प्रिन्सिपल दिपक चम्लागाईले जानकारी दिए कञ्चनजंघा इङ्गलिस सेकेण्डरी स्कुल दोस्रो तक्षशिला एजुकेसन एकेडेमी तेस्रो भएको थियो  

कक्षा ११ १२ का विद्यार्थीहरुको गायन प्रतियोगितामा कञ्चनजंघा इङ्गलिस सेकेण्डरी स्कुल प्रथम भएको थियो विद्यालयका तर्फबाट आयुष घिमिरेले गीत गाएको विद्यालयका दिपक सिटौलाले जानकारी दिए घिमिरे यसै हप्ता सम्पन्न सहारा सिङ्गिङ आइकनमा पनि प्रथम भएका थिए त्यस्तै एमिटी एजुकेशन फाउण्डेसन दोस्रो कोहेड स्कुल तेस्रो भएको प्याब्सन बिर्तामोडका अध्यक्ष उत्तम खनालले जानकारी दिए

आजै सम्पन्न कक्षा १२ को सांस्कृतिक गीतमा भएको नृत्य प्रतियोगितामा दुई वटा विद्यालय प्रथम भएको कोहेड स्कुल बेल्स मोडल इङ्गलिस स्कुल प्रथम भएका हुन् कञ्चनजंघा सेकेण्डरी स्कुल दोस्रो चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुल तेस्रो भएको कञ्चन इङ्गलिस स्कुलका प्रिन्सिपल दिपक चम्लागाईले जानकारी दिए

प्रतियोगितामा विजयी विद्यालयले ट्रफी सहभागी विद्यार्थीले मेडल प्राप्त गरेका थिए

नतिजा निष्पक्ष बनाउन सहभागी विद्यालयको कोड प्रयोग गरिएको थियो भने नाम उच्चारण गरिएको थिएन प्रतियोगितामा सहभागी विद्यार्थीलाई पहिचान खुल्ने युनिफर्म तथा परिचय पत्र लगाउन नदिइएको प्याब्सन नगर सहसचिव देबेन्द्र हुमागाईले जानकारी दिए  

बुधबार कक्षा देखि सम्मको आधुनिक गीतमा नृत्य कक्षा देखि सम्मको राष्ट्रिय गीतमा नृत्य सम्पन्न भएको थियो

सम्बन्धित समाचार