२०८३ बैशाख ६ गते , आईतबार

मलेसियामा झापाका युवकको हत्या आरोपी काठमाण्डौमा पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० पौष २ गते , सोमबार
मलेसियामा झापाका युवकको हत्या आरोपी काठमाण्डौमा पक्राउ

बिर्तामोड मलेसियामा नेपालीको हत्यापछि काठमाण्डौ आएका युवकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका घर भएका २४ वर्षीय अनिल कुमार शाह छन्

मंसिर २५ मा मलेसियामा उनले झापाको शिवसताक्षी नगरपालिका घर भएका ४० वर्षीय धन बहादुर प्रधानको हत्या गरेका आरोप प्रधान आरोपी एक वर्षदेखि मलेसियामा एउटै कम्पनीमा कार्यरत थिए

मलेसियामै कार्यरत मृतकका आफन्तले दिएको सूचनाको आधारमा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी ९एसपी० कुमोध ढुंगेलले रातोपाटीलाई बताए मुलुकी अपराध संहिताले दिएको बहुक्षेत्रीय अधिकार प्रयोग गरेर प्रहरीले इन्टरपोल मार्फत मलेसियन प्रहरीसँग समन्वय गरेर हत्याको अनुसन्धान थालेको आरोपीलाई जिल्ला अदालत काठमाडौँले दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको

सम्बन्धित समाचार