२०८३ बैशाख ६ गते , आईतबार
मेनुका पौडेललाई झापामा भव्य स्वागत
बिर्तामोड । गायिका मेनुका पौडेल सोमबार झापा आएकी छन् । भारतीय टेलिभिजन रियालिटी शोको टप टेनबाट बाहिरिएकी मेनुकालाई झापामा भव्य स्वागत सम्मान गरिएको छ ।
पौडेललाई लिन विभिन्न संघसंस्थाका प्रतिनिधी तथा उनका फलोअर काँकरभिट्टास्थित मेची पुलमा पुगेका थिए । र्यालीसहित बिर्तामोड ल्याइएकी पौडेललाई सप्तक संगीत विद्यालयसहित बिर्तामोडका अन्य संघसंस्थाले समेत सम्मान गरेको थियो ।
हल्दिबारीकी छोरी भन्दै हल्दिबारी गाउँपालिकाले समेत नगदसहित सम्मान पत्रले पौडेललाई सम्मान गरेको थियो । पालिका परिसरमा आयोजित कार्यक्रमका बिच पालिका अध्यक्ष रबिन्द्र लिङ्देनले उनलाई सम्मान गरेका थिए । आफ्नो जादुमयी आवाजका कारण इण्डियन आइडलमा पौडेलले चौतर्फी प्रशंसा बटुलेकी थिइन् ।