२०८३ भाद्र ७ गते , आईतबार

बीपी र विद्रोहका ती दिनमाथि बिर्तामोडमा चर्चा

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र ७ गते , आईतबार
बीपी र विद्रोहका ती दिनमाथि बिर्तामोडमा चर्चा

बिर्तामोड । झापाको बिर्तामोडमा बीपी र विद्रोहका ती दिनमाथि चर्चा गरिएको छ । बीपीका विश्वासपात्र मानिएका इलामका पत्रकार, लेखक तथा राजनीतिक चिन्तक धर्म गौतमद्वारा लिखित बीपी र विद्रोहका ती दिन नामक पुस्तकको बारेमा चर्चा गरिएको हो ।
आइतबार बिर्तामोडस्थित जयन्द्र भवनमा आयोजित कार्यक्रममा सो पुस्तकमाथि विमर्श गरिएको थियो ।
पुस्तकका लेखक गौतमले बीपी कोइरालाले समाजवादको नयाँ व्याख्या गरेको बताए । बीपीले गरेको समाजवादको व्याख्यामा साम्यवादमा प्रजातन्त्र थपिएको बताए ।
आमुखसहित २४५ पृष्ठ, १० वटा शीर्षक रहेको पुस्तकको मूल्य ६२५ रुपैयाँ तोकिएको छ । पुस्तकमा बीपी कोइरालाले प्रबासमा रहेर चलाएको राजनीतिक अभियान, नेपालमा गरेको राजनीतिक गतिविधि,  नेपाली कांग्रेसले लिएको राष्ट्रिय एकता तथा मेलमिलाप नीति आदिको बारेमा उल्लेख गरिएको छ ।
कार्यक्रमका अधिकांश वक्ता तथा सहभागीले पुस्तक ढिलो प्रकाशन भएपनि ऐतिहासिक दस्तावेज भएको उल्लेख गरे ।
झापाली अग्रज पत्रकार तथा साहित्यकार केशव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ मुनाराज शेर्मा, अग्रज पत्रकार लीला बराल, बीपी स्मृति प्रतिष्ठान झापा अध्यक्ष गोविन्द लम्साल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पत्रकार राजेन्द्र गौतमले स्वागत गरेको कार्यक्रम लक्ष्मी मिश्रले सञ्चालन गरेका थिए । 

सम्बन्धित समाचार